काठमाडौं,१९ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कलाकार रीमा विश्वकर्मा बालकोट पुगेकी छिन । बिहीबार भक्तपुरको बालकोटस्थित अध्यक्ष ओलीकै निवास पुगेर विश्वकर्माले नेता ओलीसँग भेटघाट गरेकी हुन् ।

कलाकार विश्वकर्माले केपी ओलीसँगका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आफू ओलीको व्यवहार र व्यक्तित्वबाट प्रभावित भएको उल्लेख गरेकी छिन  ।

kp-sharma-oli-Rima3-768x501विश्वकर्मा लेख्छिन , ‘खासमा सफल व्यक्तिहरूले सिकाउने संस्कार, सभ्यता र सरलता नै रैछ, नेता केपी ओलीका धेरै परिप्रेक्ष्यसँग मेरो सहमति नहोला तर व्यक्ति ‘केपी बा’चैं वास्तवमै प्रभावशाली लाग्यो। परिवर्तन रुचाउने नयाँ पुस्ताले यी पाका नेताको अनुभव पनि आत्मसात् गर्न सके नयाँ नेपाल साँच्चै गज्जबको बन्थ्यो होला !’

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले पनि विश्वकर्मासँग भेटघाट गरेको तस्बिर सार्वजनिक गरेका  छन । अध्यक्ष ओलीले तस्बिर सार्वजनिक गर्दै आजको ‘गुड फ्राइडे’को सुरुवात त्यही तस्बिरबाट भनेर उल्लेख गरेका छन ।

ओलीले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै लेख्छन, ‘कलाकार रीमा विश्वकर्मासँग आफ्नै घर बालकोटमा चिया पिउँदै गरेको यो तस्बिरसँगै सबैलाई नमस्कार, शुभ बिहानी ! तपाईंहरू पनि चियाको आनन्द लिनुस् है ! गुड गुड फ्राइडे !’

Screenshot (474)

365423584_615587663891449_8329040561595047247_n