• जोसेफ उराव 

विराटचोक,२७ साउन । नेकपा(एमाले) निकट राष्ट्रिय  युवा संघ नेपालको  मोरङ जिल्ला कमिटी को नवौ जिल्ला अधिवेशन गर्ने तयारीमा जुटेको छ  । भदौ ९ गते विराटचोकको जेसिज भवनमा हुने अधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्न युवासंघ तयारीमा जुटेको हो ।

 युवा संघले अधिवेशनको मिति घोषणा गरे सँगै  पालिका, वडा कमिटीहरु गठन पुनर्गठन, सदस्यता वितरण सहित संगठन विस्तारको कामलाई तीव्रता दिएको छ । त्यसैगरी बृक्षा रोपण विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमहरुलाई अगाडी बढाएको छ । अधिवेशनलाई भव्यरुपमा सफल बनाउन युवा संघले प्रचारप्रसारलाई पनि  व्यापकरुपमा बढाएको छ । शहरदेखि गाउँ तह सम्मका युवाहरुमा अधिवेशनको उत्साह देखिएको छ । विभिन्न सास्कृतीक कार्यक्रम सहित हुने अधिवेशनको उधाटन सत्रमा युवासंघको गीतहरुले रौनक बढाउने  देखिएको छ ।

यो समाचार पनि पद्नुहोस -सुन्दरहरैंचामा युवा संघको कमिटी गठन,युवाहरुको उत्साहजनक सहभागिता

अधिवेशन उदघाटनको लागि प्रमुख अतिथी कसलाई बोलाउने भन्ने विषयमा  कमिटीले चाडै टुंगो लगाउने  जिल्ला कमिटीका संयोजक प्रविन घिमिरेले बताए  । उक्त अधिवेशनको बन्द सत्रमा  आयोजक कमिटी र प्रतिनिधिहरु लगायत गरेर पाँच सयभन्दा बढि युवाहरुको सहभागिता रहने संयोजक घिमिरेले जानकारी दिए  ।

हाल १५० सदस्यीय आयोजक कमिटी रहेको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । राष्ट्रिय  युवा संघ नेपालको विधान अनुसार ८३ सदस्यीय कमिटी निर्माण हुन् सक्ने युवा संघका सचिवालय सदस्य मनोज दाहाले जानकारी दिए । आफ्नै गृहनगरमा अधिवेशन हुने भएकाकारण युवासंघका केन्द्रीय सदस्य मनोज राईको सक्रियता उत्तिकै छ । 

 पार्टीको मेरुदण्डको रुपमा काम गरिरहेको युवा संघको अधिवेशनलाई ऐतिहासिक रुपमा भव्य रुपमा सफल बनाउन आर्थिक,नैतिक,भौतिकरुपमा सहयोग गर्न नेकपा एमालेका  केन्द्रीय विभाग सदस्य बद्री अर्यालले सबैमा अनुरोध गरेका छन् । जिल्लाको दोस्रो नगरी सुन्दरहरैंचामा हुने अधिवेशनलाई भव्य रुपमा सफल बनाउन सुन्दरहरैंचा नगर कमिटी अहिले सक्रिय रुपमा लागिरहेको युवा संघ नगर कमिटीका अध्यक्ष भविनजंग पाण्डेले बताए ।