• जोसेफ उराव 

विराटचोक,२८ साउन । मोरङको सुकुना बहुमुखी क्याम्पसमा  अनेरास्ववियु क्याम्पस कमिटीको २४ औ अधिवेशन सम्पन्न भएको छ । आइतबार  क्याम्पसको सभाहलमा भएको अधिवेशनले योगेश दाहालको अध्यक्षमा ५१ सदस्यीय क्याम्पस कमिटी गठन गरेको छ ।

त्यसैगरी कमिटीको उपाध्यक्षहरुमा अलिशा गौतम,सन्नी साह सचिवमा रेवन श्रेष्ठ,सहसचिवहरुमा सुदिप राई,सन्जु भण्डारी,गिरिश मिश्र,सुयोग भण्डारी,कोषाध्यक्ष सुप्रिया सिराल र सदस्यहरु रहेका छन् ।

367448059_6633744420016163_99682037074422530_n (2)अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष मनोज कार्कीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा अनेरास्ववियु केन्द्रीय कमिटी सचिव मनोज ताम्लीको प्रमुख आतिथ्यता रहेको थियो । 

उक्त कार्यक्रममानेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य सुरेन्द्र बहादुर थापा  पार्टी केन्द्रीय बिभाग सदस्य तथा सुकुना बहुमुखी क्याम्पसका पुर्व स्ववियु सभापति बद्री अर्याल, पार्टी सुन्दरहरैंचाका अध्यक्ष मातृका प्रसाद ढकाल,सचिव सन्तोष घिमिरेको आतिथ्यता रहेको थियो । 

त्यसैगरी अनेरास्ववियु केन्द्रीय निर्वाचन आयोगका सचिव मिलन घिमिरे, केन्द्रीय सदस्यहरु जोसेफ घिमिरे,नवराज घिमिरे मोरङ,प्रदेश कमिटी सदस्य लक्ष्मीभक्त  पोखरेल मोरङ जिल्ला अध्यक्ष तुलसी घिमिरे,सचिव बीरेन्द्र घिमिरे,सह सचिव नविन पहाडी, सङ्गम कन्दंगवा,सागर थापा, भूमि अधिकार तथा श्रमिक संगठनका कोशी प्रदेश कमिटी अध्यक्ष  आनन्द बस्नेत राष्ट्रिय युवा संघ नेपाल मोरङका संयोजक प्रविन घिमिरे,सुकुना बहुमुखी क्याम्पसका स्ववियु सचिव  एलिश ओझा, बेलबारी बहुमुखी क्याम्पसका स्ववियु सचिव विप्लब पोखरेल,युवा नेताहरु भविनजंग पाण्डे,हेमन्त गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।  

365229223_3471432816444622_547842820793848108_n (2)

365642584_3471432703111300_4070230025586310729_n (3)

367395521_6633744213349517_4235925497700414201_n (2)