काठमाडौं,२९ साउन । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य साधुराम चौलागाई नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
महोत्तरीको बर्दिबासमा आइतबार आयोजित कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य सुमन प्याकुरेलले केन्द्रीय सदस्य चौलागाईंलगायतका नेता कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्नुभयो ।
नेकपा एमाले प्रवेश गर्ने अन्य नेताहरूमा नेकपा एसका प्रदेश कमिटी सदस्य कमला वाइवा, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य जिवछ चौधरी लगायत हुनुहुन्छ ।
उहाँहरुले नेकपा एस र माओवादी दुवै कम्युनिष्ट आन्दोलनबिरोधी काममा सक्रिय रहेकोले आफूहरु एमालेमा प्रवेश गरेको बताउनु भयो ।




















