लेटाङ, ३२ साउन । इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख प्रहरी निरिक्षक( इन्स्पेक्टर) बिकास थपलियाको सरुवा भएको छ । 

१६ महिना अघि लेटाङको ईलाका समाल्न आईपुग्नुभएका थपलियाको काठमान्डौ उपत्यका ट्राफिक कार्यालय सरुवा भएको हो । लेटाङमा भने जिल्ला प्रहरी कार्यालय बारा कलैया बाट सरुवा भई प्रहरी निरिक्षक भिमलाल ओलि आउने भएका छन  । 

थपलियालाई भने शान्ती अमन चयन तथा सुरक्षामा अब्बल देखिएको छ । थपलिया लेटाङमा कार्यरत रहदा बिबाद रहित तथा निस्पक्ष काम गर्ने छबीको रुपमा  चिनिन्थे ।

थपलियाले लागू औषध प्रयोग कर्ता तथा ओसार पसार गर्नेहरुलाई अभियान नै चलाएर कारबाही गरेर प्रसंसनिय काम गरेका थिए  । केही समय अघि हत्या तथा लुटपाटका घट्नामा संलग्नलाई समेत पक्राउन गर्न थपलियाले विशेष भुमिका निर्वाह गरेका थिए ।