काठमाडौं,४ भदौ । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा जिल्लादेखि पालिका इन्चार्जसम्मको जिम्मेवारी हेरफेर गरेको छ । हालै माओवादी केन्द्रले अन्तरजिल्लाको जिम्मेवारी लिने गरी इन्चार्ज तोक्न सर्कुलर जारी गरेको थियो ।
केन्द्रीय समितिको निर्णय बमोजिम नेताहरूको जिम्मेवारी हेरफेर भएको हो । प्रदेशको केन्द्रीय सदस्यसहित केन्द्रीय आयोगका सदस्य, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्यरू, केन्द्रीय सल्लाहाकार सदस्य, केन्द्रीय परिषद सदस्य र केन्द्रीय विभागहरूका सदस्यहरूको कार्य विभाजन हेरफेर भएको छ ।
माओवादीले कोशी प्रदेश इन्चार्जको जिम्मेवारी चक्रपाणि खनाललाई दिएको छ । खनालकै संयोजनमा १० सदस्य प्रदेश सचिवालय गठन भइसकेको छ ।
यस्तो छ सूची




















