- विवेक सुनाम
केराबारी,६ भदौ । मोरङको केराबारी गाउँ पालिकामा रहेको मछिन्द्र माविमा नेकपा एमाले निकट अनेरास्ववियुको मावि कमिटी गठन भएको छ । आज विद्यार्थीहरुको भेलाले मनिष सुवेदीको अध्यक्षतामा २५ सदस्यीय मावि कमिटी गठन गरेको हो ।
त्यसैगरी कमिटीमा दुई उपाध्यक्षहरु, सचिवमा देवचन्द्र परियार सहसचिवहरुमा ३ जना र सदस्यहरु रहेका छन् । नव गठित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु मोरङका सहसचिव सङ्गम कन्दंङवाले पद तथा गोपनियताको सपथग्रहण गराएका थिए ।
विधार्थीहरुको व्यापक सहभागितामा भएको उक्त कार्यक्रममा अनेरास्ववियु केराबारी पालिका कमिटीका अध्यक्ष जोसेफ उराव, खदम क्याम्पस कमिटीका अध्यक्ष संजोग भण्डारी,उपाध्यक्ष नविन बस्नेत सचिव सार्दुल भट्टराई,सहसचिव संदेश भण्डारी अनेरास्ववियुका अग्रज नेता विश्वास बस्नेत लगायतको उपस्थिती रहेको थियो ।




















