काठमाडौँ,७ भदौ।सुन प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियम नागरिक दावा शेर्पासँगको कुराकानीमा मुछिएको पाइएका अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालयमा तानिएको छ।अधिकारीले दावासँग गरेको कुराकानी सार्वजनिक भएपछि उनलाई मन्त्रालयमा तानिएको हो ।
उनलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा सरुवा गरिएको हो।उनीमाथि अनुसन्धान पनि हुन सक्ने जनाइए पनि निलम्बनमा नराखी अनुसन्धानको दायरामा आउने उच्च स्रोतले जनाएको छ ।स्रोतका अनुसार उनलाई अनुसन्धान गर्नकै लागि मन्त्रालयमा तानिएको हो । अधिकारी गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रिय पात्र मानिन्छन् ।
उनी अनुसन्धानमा तानिने हो भने यसअघिका ठूला ठूला अवैध प्रकरणको अनुसन्धान गर्नसमेत सजिलो हुने बताइन्छ । गृहमन्त्री श्रेष्ठले नै उनलाई मन्त्रालयमा तानेकोसमेत उच्च स्रोत बताउँछ । मिडिया डबलीबाट


