काठमाडौं,८ भदौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज विराटनगर जाँदै हुनुहुन्छ ।
भोलिबाट सिराहाकामा हुने पार्टी सचिवालय बैठकमा भाग लिन अध्यक्ष ओली आज विराटनगर जान लाग्नुभएको हो । तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन स्थल सिराहाको धनगढीमाई नगरपालिकामा रहेको विष्णपुरकट्टीमा पार्टीको सचिवालय बैठक हुँदै छ ।
ओलीले आजै भेडियारीमा रहेको विराट राजाको दरबार अवलोकन गर्ने कार्यक्रम रहेको छ । दिउसो पार्टी कार्यकर्ताहरूसँग आन्तरिक भेटघाट र साँझ होटेल ह्यारिसनमा उद्योगी व्यवसायीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
शनिबार बिहान अध्यक्ष ओली बैठकमा सहभागी हुन सिराहा जानुहुने छ । २०४६ साल भदौ ९ देखि १४ गतेसम्म सोही स्थानमा नेकपा मालेको चौथो महाधिवेशन भएको थियो । महाधिवेशनले मदन भण्डारीलाई पार्टी महासचिव चुनेको थियो ।




















