विराटचोक,८ भदौ । नेकपा एमालेका पोलिटव्युरो सदस्य चर्चित युवा नेता महेश बस्नेत भोलि सुन्दरहरैंचाको विराटचोक आउने हुनुभएको छ । पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल मोरङको नवौ जिल्ला अधिवेशनमा सहभागी हुन बस्नेत आउने हुनुभएको हो ।
विराटचोकको जेसिज भवनमा हुने उक्त अधिवेशनको उदघाटन गर्न प्रमुख अतिथिको रुपमा नेता बस्नेत आउनुहुने राष्ट्रिय युवा संघ नेपाल मोरङका संयोजक प्रविन घिमिरेले जानकारी दिनु भयो । युवा संघका पुर्व अध्यक्ष समेत रहनु भएका नेता बस्नेत युवाहरुमाझ लोकप्रिय हुनुहुन्छ ।
पुर्व मन्त्री समेत रहनु भएका नेता बस्नेत संगै युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवे,उपाध्यक्ष कृष्ण केसी,सचिव जय गुरुङ लगाएतका नेताहरुको आतिथ्यता रहने युवा संघ सुन्दरहरैंचाका नगर अध्यक्ष भविन जंग पाण्डेले बताउनु भयो ।
विहान १० बजे देखि सुरुहुने कार्यक्रममा विभिन्न् पार्टीका करिव तीनसय भन्दा बढि युवाहरु युवा संघमा प्रवेश गर्ने जानकारी प्राप्त भएको छ ।




















