केराबारी,८ भदौ । नेकपा एमालेका कोशी प्रदेश कमिटी सचिवालय सदस्य खड्ग बहादुर बस्नेतले एमालेको लोकप्रियतालाई देखेर प्रतिक्रियावादीहरु आक्रमणमा उत्रिएको बताउनु भएको छ । शुक्रबार बसेको नेकपा एमाले केराबारी गाउँपालिका कमिटीको पुर्ण बैठकमा बस्नेतले यस्तो कुरा बताउनु भएको हो ।

उक्त बैठकलाई  सम्बोधन गर्दै बस्नेतले वर्तमान प्रदेश सरकार असंवैधानिक रहेको र अदालतले धारा १६८(३) मा जाने फैसला गर्नुको विकल्प नरहेको समेत उल्लेख गर्नुभयो। 

कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएको बस्नेतले एमालेको सशक्त संगठन देखेर विपक्षीहरु चाैतर्फी घेराबन्दीमा उत्रिएको बताउँदै गठबन्धनले एकपछि अर्को असंवैधानिक गतिविधि शृङ्खलाबद्ध रूपमा गरेको आरोप पनि लगाउनु भयो ।

गत मंसिरमा भएको निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ (२)बाट प्रदेशसभामा निर्वाचित बस्नेत मुख्यमन्त्री हिक्मत कार्कीको कार्यकालमा मन्त्रीका प्रबल दाबेदार हुनुहुन्थ्यो । धारा १६८ (३) बमोजिम सबैभन्दा ठुलो दलको हिसाबले नेकपा एमालेलेको नेतृत्वमा सरकार बनेमा सांसद बस्नेतको मन्त्री बन्ने प्रबल सम्भावना रहेको बुझिएको छ।

बैठकमा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य डिल्ली शर्मा, पार्टीका मोरङ जिल्ला कमिटी सहसचिव शान्तिकुमारी लिम्बू भुजेल,जिल्ला कमिटी सदस्य सुमन मिरिङचिङले मन्तव्य राख्नु भएको थियो ।जिल्ला कमिटी सदस्य मनमाया मगर,नारायण भुजेल लगायतको आतिथ्यता रहेको थियो । 

केराबारी गाउँपालिका कमिटीका अध्यक्ष पूर्ण मगरको अध्यक्षता बसको बैठकले ५ महिने कार्ययोजना बनाउने र पालिका भित्र रहेका जनसंगठनहरुको अधिवेशनगर्ने लगायतको निर्णयहरु गरेकोछ। सचिव भीम कार्कीले बैठकलाई संचालन गर्नुभएको थियो ।