विराटचोक,९ भदौ । अविरल वर्षाका कारण सिराहामा आयोजना गरिएको नेकपा एमालेको पार्टी सचिवालय बैठक स्थगित भएपछि अध्यक्ष केपी शर्मा ओली निर्वाचन क्षेत्र दमक जानुहुने भएको छ ।
नेकपा एमाले झापा क्षेत्र नं ५ का संयोजक तुलसी कार्कीका अनुसार दमकको कस्मिक पार्टी प्यालेसमा दिउसो १२ बजे कार्यकर्ता भेला आयोजना गरिएको छ ।
भेलामा केन्द्रीय विभाग तथा आयोगका सदस्यहरु,प्रदेश कमिटीका सदस्यहरु,जिल्ला पदाधिकारी तथा सदस्यहरु,पालिका तथा वडा कमिटीका सदस्य र इच्छुक कार्यकर्ताहरुलाई भेलामा आमन्त्रण गरिएको छ ।
भेलामा अध्यक्ष ओलीले वर्तमान राजनीतिक परिस्थितीमा एमालेको भूमिका, मिसन २०८४ र क्षेत्रको विकास निर्माणका बारेमा धारणा राख्ने कार्यक्रम रहेको छ ।




















