काठमाडाैं,९ भदौ। नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ नेपाल सूर्याेदय नगरपालिका कमिटीमा नयाँ नेतृत्व चयन भएकाे छ ।
शनिबार सम्पन्न राष्ट्रिय युवा संघ नेपाल सुर्याेदय नगरपालिका कमिटीकाे दोस्रो नगर अधिवेशनले उदयहाङ फागाेकाे अध्यक्षतामा ३५ सदस्यीय कमिटी सर्वसम्मत रुपमा चयन गरेकाे हाे ।
कमिटीको उपाध्यक्ष मा प्रमोद सापकोटा र मनिक चाैधरी चयन हुनुभएकाे युवा संघ सूर्योदयकाे उत्प्रेरक युवन्तिका राईले जानकारी दिनुभयाे । अधिवेशनबाट नगर कमिटीकाे सचिवमा प्रकाश अधिकारी,दुई जना सह-सचिवहरुमा विनिता अधिकारी,फुर्वा छिरिङ लाप्चा र काेषाध्यक्षमा अजन्ती तामाङ लगायत सदस्यहरु चयन हुनुभएकाे छ ।
कमिटीका निवर्तमान उपाध्यक्ष रञ्जित प्रधानको अध्यक्ष तथा नेकपा एमाले इलाम जिल्ला कमिटी अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य माननीय महेश बस्नेतको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हाे ।
कार्यक्रममा नेकपा एमाले काेशी प्रदेश कमिटी सदस्य काजीमान कागते, इलाम जिल्ला कमिटी सचिवालय सदस्य नरेश तामाङ, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य दिनेश ढकाल, राष्ट्रिय युवा संघ नेपाल इलाम जिल्ला कमिटी अध्यक्ष माेहन लाेर्जे कागतेले शुभकामना कामना मन्तव्य राख्नु भएकाे थियाे ।




















