विराटचोक,१०भदौ। नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ नेपाल मोरङको जिल्ला कमिटीमा नयाँ नेतृत्व चयन भएकाे छ।
शनिबार सुन्दरहरैंचामा सम्पन्न राष्ट्रिय युवा संघ मोरङको नवौ जिल्ला अधिवेशनले प्रविन घिमिरेको अध्यक्षतामा ८३ सदस्यीय कमिटी सर्वसम्मत रुपमा चयन गरेकाे हाे ।
कमिटीको उपाध्यक्षमा मजर आलम,सचिवमा विवेक भुजेल,सह-सचिवमा इन्द्र श्रेष्ठ,रेशम मगर र कोषाध्यक्षमा विपना बुढाथोकी चयन हुनुभएकाे युवा संघ सुन्दरहरैंचाका अध्यक्ष भविनजंग पाण्डेले जानकारी दिनुभयाे । नव गठित कमिटीलाई युवा संघ केन्द्रीय अध्यक्ष क्षितिज थेवेले पद तथा गोपनियताको सपथग्रहण गराउनु भएको थियो।
कमिटीका निवर्तमान संयोजक प्रविन घिमिरेको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य रामलाल साह, युवा संघ केन्द्रीय अध्यक्ष क्षितिज थेवे,कृष्ण केसी,नेकपा एमाले मोरङ जिल्ला कमिटी अध्यक्ष ऋषिकेश पोखरेल लगायतको आतिथ्यता रहेको थियों ।





















