विराटचोक,१० भदौ । नेकपा एमाले कोशीको प्रदेश कमिटीको बैठक आज बस्ने भएको छ । एमाले मोरङको पार्टी कार्यलय विराटनगरको पाञ्चालिमा प्रदेश कमिटीको विस्तारित वैठक हुने भएको हो ।
बिहान १० बजेदेखि सुरुहुने वैठकमा आसन्न कोशी प्रदेश कमिटी अधिवेशनको तयारीको लागि छलफलहुने प्रदेश कमिटीको उपसचिव शैलेश लामाले जानकारी दिनु भयो ।
वैठकले अधिवेशनमा एक सय पार्टी सदस्य बराबर एकजना प्रतिनिनिधि छनौट गने एजेन्डामा समेत छलफल हुने स्रोतले बताएको छ । हाल प्रदेश कमिटीमा चार सय ८२ सदस्यीय संख्या रहेको उपसचिव लामाले जानकारी दिनु भयो ।
विराटनगरमा दुई दिन सम्म चल्ने प्रदेश कमिटी अधिवेशनको असोज १२ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्नुहुने उपसचिव लामालेले जानकारी दिनु भयो । १३ गते हुने अधिवेशनको बन्दसत्रले प्रदेश कमिटीमा करिव दुई सय पचास जना सस्दस्यीय सम्मको कमिटी निर्माण हुने जानकारी प्राप्त भएको छ ।




















