भोजपुर,१० भदौ । नेकपा एमाले निकट अनेरास्ववियु भोजपुरको जिल्ला सम्मेलन आगामी असोज १९ र २० गते हुने भएको छ ।

जिल्ला कमिटीको २० औं बैठकले बुधबार सुशील कार्कीकाे अध्यक्षतामा ५५ सदस्यीय जिल्ला सम्मलेन आयोजक कमिटी गठन गर्दै सम्मेलनको मिति तथा स्थान तय गरेको हो ।

आयोजक कमिटीको उपाध्यक्षमा सुमि राई, सचिव निसान राई, सहसचिव खगेन्द्र राई, सहसचिव सबिना बानियाँ र कोषाध्यक्ष बृटिस राई रहेका छन् ।

बैठकमा अनेरास्ववियुका केन्द्रीय सदस्य तथा भोजपुर जिल्ला इन्चार्ज प्रताप तामाङको प्रमुख आतिथ्यता र नेकपा एमाले जिल्ला कमिटी भोजपुरको अध्यक्ष शरण कुमार राईको विशेष आतिथ्यतामा सम्मेलन आयोजक कमिटी गठन गरिएको हो ।

Untitled (3) 40