जुम्ला,१० भदौ।नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियु जुम्ला जिल्ला कमिटीको अध्यक्षमा रतन नाथ योगी सर्वसम्मत चयन हुनु भएको छ । आइतबार १० औं जिल्ला अधिवेशनले योगीको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा लोकेन्द्र बुढा,अनिल जङ महत चयन हुनु भएको छ। त्यस्तै,सचिवमा धनराज बुढा चयन  हुनु भएको छ । सहसचिवहरुमा बिन बहादुर रावत कैलास सुनार,हिर बहादुर रोकाया,नन्द राज खत्री र कोषाध्यक्षमा कृष्णमाया भण्डारी रहनु भएको छ।

उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवम अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक बडालले पद तथा गोपनियताको सपथग्रहण गराउनु भएको थियो।

371342924_7000691173283054_3122377011987793945_n (2)