विराटचोक,११ भदौ । नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल भद्रपुर नगर कमिटीको अध्यक्षमा दिपक बुढाथोकी चयन हुनुभएको छ।आइतबार सम्पन्न दोस्रो नगर अधिवेशनले बुढाथोकीको अध्यक्षतामा ३७ सदस्यीय नगर कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा विवेक राजवंशी,सचिवमा पशुपति खतिवडा,सहसचिवमा विजय बराई,असिम घिमिरे र कोषाध्यक्षमा संगिता खतिवडा रहनु भएको छ।उहाँहरुलाई राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले पद तथा गोपनियताको सपथग्रहण गराउनु भएको थियो ।




















