काठमाडौं,११ भदौ। माधव नेपाल नेतृत्वको नेकपा एस निकट युवा संघले अलग अलग भेला सुरु गर्न थालेका छन् ।अलग अलग गरिएको भेलाले युवा संघभित्रको असन्तुष्टि चुलिएको भन्ने कुराको स्पष्ट भएको छ । अध्यक्ष नरेश शाहीको नेतृत्वमा कालोपुलमा भएको भेलाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको संयोजकमा कृष्ण विकलाई चयन गरेपछि असन्तुष्टि बढ्न थालेको हो । 

सहसंयोजक जिम्मेवारी तोकिएका नितेश पौडेलले बहुमत सदस्यलाई बेवास्ता गरेर राखिएको बैठक आधिकारिक नै नभएको दाबी गरेका छन्। उनले आफ्नो पक्षमा बहुमत हुँदा हुँदै विकलाई संयोजक बनाएकोप्रति असन्तुष्टि जनाएका हुन् ।

यस्तै, सचिवालय बैठकले सदस्य-सचिवको जिम्मेवारी दिएको सञ्जीव राईले पनि उक्त पदमा बस्न अस्वीकार गरेका छन् ।राईले फेसबुकमा लेखेका छन्, ‘युवा संघ नेपालको भाद्र १० गते सम्पन्न सचिवालय बैठकले मलाई संगठनको सदस्य–सचिव घोषण गरे पनि,म यो जिम्मेवारीमा नरहने जानकारी गर्दछु । साथै मप्रति श्रद्धा माया र शुभेच्छा प्रकट गर्नु हुने सबै कमरेडहरूलाई विशेष धन्यवाद।

’संगठनमा देखिएको अराजकता र गतिरोधलाई तोडेर पार्टी सचिवालय र संघको बैठकले महाधिवेशन आयोजक कमिटी संयोजक कृष्ण विक र सहसंयोजक नितेश पौडेललाई अघि बढ्न सुझाव दिएका छन् । गत शनिवार नितेश पक्षले भने अर्याल होटलमा अलग भेला गरेको थियो ।

गत शनिवार नेकपा एसनिकट युवा संघका अलग अलग भेलामा नितेश पक्षले भने अर्याल होटलमा अलग भेला गरेको थियो ।