विराटनगर,१२ भदौ । नेकपा एमालेको कोशी प्रदेशको अध्यक्षका लागि विराटनगरका विनोद ढकाल अघि सरेका छन् ।यही असोजको १२ र १३ गते विराटनगरमा हुने एमाले कोशी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट चयनहुने नेतृवका लागि ढकालको चर्चा चल्न थालेको छ । 

एमाले मोरङको अध्यक्ष,केन्द्रीय सदस्य बनिसकेका ढकाल गएको प्रतिनिधि सभा निर्वाचनमा मोरङ- ४ बाट पराजित भएका थिए । पहिचानको नाममा एमालेउपर चौतर्फी प्रहार भएको बेला पार्टीलाई लय र प्रखर रुपमा अघि ल्याउन आफुले उम्मेदवारी दिन लागेको आकांक्षी ढकालले बताए । ढकालसँगै अध्यक्षमा संखुवासभाका तुलसी प्रसाद न्यौपाने पनि उम्मेदवार हुने भन्दै प्रचार गरिरहेका छन् । न्यौपाने बहालवाला कोशी प्रदेश कमिटीका संयोजक हुन्।

पार्टीको लाइन अहिलेसम्म स्पष्ट देखिएको छैन। पछिल्लो पटक गृहनगर आउँदा ढकालले अध्यक्ष केपी ओलीलाई भेटेका थिए । उनीबाट सकारात्मक'सिग्नल' आएको सूत्रले बताएको छ । उनि ओली निकट हुन् ।ढकाल जिल्ला राजनीतिलाई सही तरिकाले हाँक्न सफल थिए ।भूमिगतकाल देखि राजनितीमा सक्रिय ढकाल अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष सम्म भएका थिए।