काठमाडौं,१९ भदौ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल दोलखा मेलुङ गाउँपालिका कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
पालिका कमिटी अध्यक्ष मिलन खड्काको अध्यक्षता तथा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीका उपाध्यक्ष महाराज गुरुङको प्रमुख आतिथ्ययतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं राष्ट्रिय युवा संघ दोलखाका सहइञ्चार्ज धिरज सुवेदी, नेकपा एमाले मेलुङ गाउँपालिका कमिटी सचिव नबराज खड्का लगायतको सहभागिता रहेको थियो ।
अधिवेशनले रोहित ओलीको अध्यक्षता २५ सदस्यीय पालिका कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ । जसको उपाध्यक्षमा जीवन योगी र सचिवमा चिनीमाया लामा निर्वाचित हुनुभएको छ ।




















