सप्तरी,२८ भदौ । एमालेका पूर्व मेयर राजकुमार साह सहित विभिन्न पार्टी परित्यागगरी एक हजार भन्दा बढि नेता कार्यकर्ताहरु नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नेकपा एमालेको सप्तरी सम्भुनाथ नगरपालिकामा भएको पार्टी प्रवेश तथा विशाल कार्यकर्ता भेलाकामा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवम्  पार्टी अध्यक्ष माधव कुमार नेपालले  पार्टी प्रवेश गराएका हुन् । 

अध्यक्ष नेपालले नयाँ सदस्यलाई नेकपा एसमा स्वागत गर्दै नेपाली राजनीतिमा वर्तमान आवश्यकता भनेकाे नै समाजवाद भएको बताएका छन।अध्यक्ष नेपालले समाजवादकाे यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न आवहान पनि गरेका छन् । 

एमाले पार्टी अब कम्युिनष्ट विचारकहरूकाे पार्टी हाेइन ? त्यहाँ  विचार,नीति प्रधान छैन । यसकारण इमान्दार कार्यकताहरू एमाले छाड्दै नेकपा एकीकृत समाजवादी पार्टीमा आउने क्रम जारी रहेकाे बताए।

एमाले अब  सुध्रिने अवस्थामा छैन । पुरानाे घर भनेर माया गरेर के गर्ने घरमा नै आगाे लागि सकेकाे छ यसकारण सबैले अब कम्युनिष्टहरूकाे वैचारीक संगठन  भनेकाे नेकपा एस नै रहेकाले गाँउ वस्ति सम्म समाजवादकाे अभियान लिएर पुग्न कार्यकाताहरूलाई आग्रह गरे ।

एमालेकाे नेतृत्वकाे कारण कम्युनिष्टहरू एमालेमा अटाउनन सकेका छैन' । एमालेमा दिनहुँ पहिराे जाने क्रम जारी रहेकाे  छ । देश भरिवाट एमाले पार्टी सहित परित्याग गरेर समाजवादीमा आउने त्रमजारी रहेकाे छ । हिजाे एमाले भन्ने कम्युनिष्टहरूकाे पार्टी थियाे भन्ने  दिन  कुनै बेला आउने  अध्यक्ष नेपालले भने ।

पार्टी प्रवेशको क्रममा धनगढी नगरपालिकाका पूर्व मेयर राजकुमार साहले एमालेमा इमान्दार कार्यकर्ताकाे आवश्यकता नै छैन,चाकरी गर्नेहरूका लागि मात्रै ठाउ भएकाले त्याहाँ बस्नुकाे कुनै अर्थ नै नभएकाले नेकपा एसमा प्रवेश गरेकाे बताए । पूर्व मेयर शाहले थपे जसले एमाले बनाउन जिवन नै खर्चेका थिए । तिनै नेता पार्टी अध्यक्ष माधव कुमार नेपालका साथमा समाजवादकाे यात्रा गर्ने विचारका साथ अघि बढ्काे बताए ।नेपालअखबारबाट