विराटनगर,३१ भदौ । नेकपा एमाले कोशी प्रदेश कमिटीको पहिलो अधिवेशनको लोगो सार्वजनिक भएको छ । आगामी असोज १२ र १३ गते विराटनगरमा हुन लागेको प्रथम प्रदेश अधिवेशनको लोगो सार्वजनिक गरिएसँगै नेतृत्व कस्ले लिने भन्ने चर्चा पनि बढेर गएको छ ।
एमाले कोशी प्रदेशका उपसचिव शैलेश लामाका अनुसार अधिवेशनको उदघाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले असोज १२ गते गर्ने कार्यक्रम रहेको छ । लामाका अनुसार प्रदेश अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्नका लागि प्रदेश इञ्चार्ज, प्रदेशका पदाधिकारी, प्रदेशका केन्द्रीय सदस्यलगायतका नेता कार्यकर्ता तोकिएको जिम्मेवारी अनुसार काममा खटिनु भएको छ ।
प्रदेश अधिवेशन सम्पन्न गर्ने विभिन्न उपसमिति बनाएर कार्य विभाजन गरिएको छ । प्रदेश अधिवेशनका लागि १४ वटै जिल्लामा असोज ५ गते एकै दिन प्रतिनिधि छनौट गर्ने निर्णय भएको छ । प्रदेशभरी करिब ११ सय प्रतिनिधि हुनेछन । अहिलेका प्रदेश कमिटी सदस्यसमेत प्रतिनिधि हुन तल्लो कमिटीबाट निर्वाचित भएर आउनुपर्ने प्रावधान छ ।
यस्तो छ अध्यक्षमा दावेदारी
कोशी प्रदेशमा केन्द्रीय सदस्य बिनोद ढकाल र बर्तमान अध्यक्ष तुलसी न्यौपाने,पूर्वसांसद तथा कोशी प्रदेश कमिटीका प्रचार विभाग प्रमुख घनश्याम खतिवडाको अध्यक्षको सशक्त दावेदारी रहेको छ । यस्तै टिकाराम चेम्जोङले पनि अध्यक्षमा दावी गदैं आउनु भएको छ ।
प्रचार विभागको नेतृत्व गरेर काम गरिसकेकाले कोशीको नेतृत्वमा जान आफुले इच्छा गरेको पूर्व सांसद घनश्याम अतिवडालेबताउनु भएको छ । प्रतिनीधि र अधिवेधन हलले चाहेमा आफ्नो दावी हुने उहाँको भनाई छ । आफु निष्ठाको राजनीति गर्ने भएकाले नेतृत्व नपाए कुनै ठाउँमारहेर पार्टीलाई योगदान दिन तयार हुने उहाँको भनाई छ । विनोद ढकालले पनि नेतृत्वमा जाने इच्छा व्यक्त गदैंआउनु भएको छ । उहाँ केन्द्रीय कमिटीमा समेत रहनु भएको सशक्तदावेदार हुनुहुन्छ ।
यस्तै हालका अध्यक्ष न्यौपानेले पनि पुन दोर्याउने इच्छा गर्नु भएको छ । कोशी प्रदेश आदीवासी जनजातिहरुकोबाहुल्यता रहेको प्रदेश भएकाले आदिवासी जनजातीको तर्फबाट एमालेका पुराना नेता टिकाराम चेम्जोङको पनि सशक्त दावेदारी रहेको स्रोतले बताएको छ ।
यिनै नामहरुबाट कोशी प्रदेशको सम्भावित अध्यक्ष हो । चारैजनालाई मिलाउनलाई विकल्पमा अर्को कसैको नाम पनि आउन सक्छ। कोशी प्रदेश कमिटीका एक नेताले भन्नु भयो ।
यस्तै सचिवमा चिन्तक पाठकले फेरी दोर्याउन खोज्नु भएको छ ।अखिलका केन्द्रीय उपाध्यक्ष भइसकनु भएका प्रदेशमा उपसचिवको जिम्मेवारी पुरा गरि सक्नु भएको उदयपुरका शैलेश लामाले पनि सचिवमा आकांक्षा देखाउनु भएको छ ।
उपसचिवमा धनादेवी तामाङले फेरी दोर्याउन खोज्नु भएको छ । तामाङ मोरङको सुन्दरहरैंचा नगरपालिकाको पुर्व उपमेयर हुनुहुन्छ । विजयपुरखबर बाट
यो पनि- पार्टी र अन्य संगठनलाई पनि रचनात्मक काम गर्न पाठ सिकाउँदै अनेरास्ववियु




















