विराटचोक,४ असोज। पुराना कम्युनिष्ट नेता  बासुदेव  थापाले  पार्टीले आफुलाई  न्याय गरेको बताएका छन् ।  नेकपा एमालेको कोशी प्रदेश  अधिवेशनका लागि सुन्दरहरैंचाबाट सर्वसम्मतले प्रतिनिधिमा आफुलाइ छानेकोमा   खुशी व्यक्त गर्दै यस्तो कुरा बताएका हुन् ।

लामो समय देखि कम्युनिष्ट पार्टीको निर्माणमा लागेको कारण मेरो उच्च मुल्यांकन गर्दै सर्वसम्मतले प्रतिनिधि छानौट गरेको भन्दै स्थानिय पार्टीका नेता कार्यकर्तालाई धन्यवाद पनि व्यक्त गरे । असोज १२ र १३ गते विराटनगरमा हुने ऐतिहासिक प्रदेश अधिवेशनबाट कमिटीमा सदस्य हुने अन्तिम इच्छा रहेको कुरा पनि व्यक्त गरे।

थापा एमाले कोशी प्रदेश कमिटीका सल्हाकार समेत हुन् ।प्रदेश कमिटीमा युवादेखि सबै तह तप्कामा रहेका साथीहरूलाई अटाएर कमिटी निर्माण गर्नु पर्ने  कुरामा पनि जिकिर गरे।

२०११ सालमा धनकुटामा जन्मिएका थापा मोरङको सुन्दरहरैंचा १२ का बासिन्दा हुन् । २०२५ साल देखि विद्यार्थी जीवनदेखी राजनीतिमा होमिएका उनि कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुको व्यवहार र जुझारुपनले गर्दा  कम्युनिष्ट भएको बताउन छन् । थापा सम्पन्न परिवारमा जन्मिएपनि सामान्य जिवन र व्यवहार  रुचाउने व्याक्तिमा पर्दछन ।

मलाई अन्याय र अत्यचार कसैमाथि गरेको मन पर्दैनथ्यो त्यसैले  शोषित पिडित र गरिव जनताको हित कम्युनिष्ट पार्टीले गर्ने भएको हुदाँ आफु पुर्व कोशी प्रान्तिय कमिटीबाट सक्रिय रुपमा राजनितिमा लागेको थापा बताउछन। भूमिगतकालमा नविनको उपनामले चिनिने उनले निरन्तर झापा बिद्रोहको आन्दोलनमा सक्रियरुपमा लागेको पनि बताए ।

भूमिगतकालमा उनि तत्कालिन नेताहरु मोहनचन्द्र अधिकारी,मनमोहन अधिकारी,मदन भण्डारी,भरतमोहन अधिकारी,अशोक राई जस्ता नेताहरु संगै रहेर काम गरेको अनुभव बताउछन । व्यवस्था परिवर्तनको आन्दोलन लागायत विभिन्न आन्दोलनका क्रममा कस्टकर बन्दी जीवन बिताएको थापा स्मरण गर्छन ।

उनै थापाजस्तो दिग्गज व्यक्तिलाई यसपटक कोशी प्रदेशका नेता कार्यकर्ताले कमिटीमा रहेर काम गर्ने अवसर दिए उनको विगतका योगदानको कदर हुने धेरैजसो एमालेका नेता-कार्यकर्ताहरुको भनाई रहेको छ।