काठमाडौं,१५ असोज ।नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षका उम्मेदवार गुलावजंग शाहले सुरुवाती अग्रता लिएका छन् ।
पहिलो चरणको १०० मतको परिणाम सार्वजनिक हुँदा शाहले ५२ मत प्राप्त गरेका छन् ।
अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले ३८ मत प्राप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार प्रकाश रोकायाले २ मत पाएका छन् ।
पाँच पदाधिकारीसहित १३० सदस्य चयन हुने कमिटीकोलागि आइतबार २ बजेदेखि मतदान सुरु भएको थियो ।




















