विराटनगर,१५ असोज । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा मोरङको लेटाङका घनश्याम खतिवडा विजयी हुनु भएको छ । मोरङ विराटनगरका विनोद प्रसाद ढकाललाई पराजित गर्दै खतिवडा विजयी हुनु भएको हो ।
यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी हुनु भएको छ । सबैजना खतिवडाकै प्यानलबाट विजयी भएका हुन् ।
उपाध्यक्षमा भने धनकुटाका टीकराम चेम्जोङ सर्वसहमत निर्वाचित हुनु भएको छ । खतिवडा मोरङ १ बाट निर्वाचित पूर्व सांसद् तथा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य हुनुहन्थ्यो भने ढकाल केन्द्रीय कमिटी सदस्य हुनुहुन्थ्यो ।




















