विराटनगर,१६ असोज । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनमा मजदुर क्लष्टरबाट भीमज्वाला राई सर्वाधिक मतकासाथ विजयी भएका छन् ।
असोज १५ गते राति १२ बजे प्रथक प्रदेश अधिवेशन निर्वाचन समितिले मजदुर क्लष्टरबाट विजयी उम्मेदवारको नाम घोषणा गर्दा भीमज्वाला राई लोकप्रिय मत ल्याउँदै विजयी भएकाहुन् । राईले ६१४ मत ल्याएका छन्, उक्त मत मजदुरबाट विजयीहुनेहरुमा सबैभन्दा बढी र पदाधिकारीको उपसचिवमा विजयी जलवर्षा राजवंशीले पाएको मतमा दोस्रो हो । राजवंशीले ६२८ मत ल्याएर विजयी बनेकीछिन् ।
राईसंगै मजदुरबाट किशोर धमला, अम्बिर लिङ्देन र महिलामा डोमा राई र निर्मला परियार गरि पाँचजना विजयी भएकाछन् ।
तीन दशकदेखि मजदुर आन्दोलनमा निरन्तर क्रियाशिल धरानका भीमज्वाला राई देशकै प्रभावशाली मजदुर नेताका रुपमा स्थापित भइरहेकाछन् । आमसञ्चार तथा पत्रकारितामा एमए गरेकाछन् । बसको कण्डक्टरका रुपमा मजदुरी गर्दै मजदुर आन्दोलनमा क्रियाशील राई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा जिफन्ट राष्ट्रिय कमिटी सदस्य छन् ।
यस अघि नै अध्यक्षमा घनश्याम खतिवडा ८२ मतान्तरले, उपाध्यक्ष टिकाराम चेम्जोङ सर्वसम्मत, सचिवमा राजकुमार भण्डारी, उप सचिवहरुका जलवर्षा राजवंशी र देवान राई निर्वाचित भइसकेकाछन् ।
९९७ प्रतिनिधिहरु सहभागी अधिवेशनमा ९७७ मत खसेको थियो खसेको मतमा ५० बढी मत बदर हुनसक्ने निर्वाचन समितिले जनाएकोछ । पदाधिकारी र समावेशी बाहेक अन्य क्लष्टरको अन्तिम परिणाम आउन बाँकीछ ।




















