काठमाडौं,२७ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंसिर ४ मा एमालेले उदार भावना देखाएकै कारणले आफू संसदमा आएको बताएका छन् ।काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
उनले एमाले आफैँ कोशीमा ८ सीटको पछि लागेको पनि बताए ।एमाले अध्यक्ष केपी ओलीले केही दिनअघि कांग्रेस ३२ सीटे माओवादीको पछि हिँडेको टिप्पणी गरे।
त्यसको जवाफ फर्काउदैँ महामन्त्री शर्माले भने,‘अस्ति केपी कमरेडले आरामले भन्दिनुभयो कांग्रेस ३२ सीटेको पछि लागेको छ भनेर। हो त सही हो। उहाँले बनाएर हिँड्नुभयो हामीले सँगै लिएर हिँड्यौँ।
पुस १० गते उहाँले बनाउनुभयो। आज म कसरी भनौँ तपाईँ कोशीमा कांग्रेसको ८ सीटको पछि लाग्नुभयो नि भनेर। त्यसैले हामीले जिम्मेवार भएर लागौँ।’
उनले एउटाले अर्कोलाई आलोचना गर्न छाड्न समेत आग्रह गरे। उनले नयाँ दलको ऊर्जासँगै संस्कृति पनि नयाँ भएर जान सुझाव दिए।उनले सबै मिलेर यो देश मिलेर बनाउने अभियानमा लाग्न समेत आग्रह गरे।




















