विराटनगर,२८ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले बुधबार नै विश्वासको मत लिने तयारी गरेका छन् ।
शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आइतबार शपथलगत्तै सानो आकारको मन्त्रिमण्डल बनाउने भएका छन् । त्यससँगै विश्वासको मत लिने तयारी गर्ने भएका हुन् ।
मुख्यमन्त्री कार्कीले आइतबार कम्तीमा ३ र बढीमा ५ सदस्यीय मन्त्रिपरिषद विस्तार गर्ने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
उनका अनुसार मुख्यमन्त्री कार्कीको तर्फबाट एक जना र नेकपा एमालेबाट बढीमा दुई जना मन्त्री बनाउन छलफल भइरहेको छ ।




















