विराटचोक,२८ असोज ।  लर्ड बुद्ध साकोसको २१ औँ साधारण सभा : २ जना सम्मानित तथा ७ जना पुरस्कृत

 विराटचोक,२८ असोज ।  मोरङको पथरीशनिश्चरे-२ मा स्थापित लर्ड बुद्ध बचत तथा ॠण सहकारी सस्थाको २१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

आईतबार सम्पन्न भएको सभामा संस्थाको पूर्वसञ्चालक मानबहादुर लिम्बू र निमाकुमारी तामाङलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा उत्कृष्ट वचत कर्ता गणेश राई, पवित्रा गजुरेल, उत्कृष्ट कारोवारी रन्जित गुप्ता, धनबहादुर तामाङ र बाल  उत्कृष्ट वचतकर्ता लक्ष्मी गुप्तालाई सम्मान गरिएको थियो। 

387415719_1060086762100760_6659688772056245627_nकार्यक्रमको प्रमुख अतिथि संविधान सभा सदस्य चण्डीप्रसाद राई,संस्थाको अध्यक्ष धनराज राई (अमिर), पथरीशनिश्चरे नगरपालिकाका पूर्व नगर प्रमुख दिलिपकुमार राई,  वडा नं ३ का अध्यक्ष विजय लिम्बू, ४ नं वडाका पूर्व अध्यक्ष गोविन्द भण्डारी लगायतको हातबाट वितरण गरिएको थियो । 

संस्थाको सचिव महेन्द्र डुङ्गानाको प्रगति पेश गर्नुभएको थियो भने कोषाध्यक्ष दोर्ण खड्काले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।  

370220764_645691037672011_7992006142491076091_n (1) 1हाल ३ हजार ६६  जना शेयर सदस्य रहेको उक्त संस्थाको शेयर पुँजी २ करोड १४ लाख १६ हजार १०० रहेको छ ।  आर्थिक बर्ष २०७९/०८० मा ४५ लाख १८ हजार ७७५ शुद्ध वचत रहेको संस्थाका व्यवस्थापक गणेश बाछना राईले बताउनुभयो । १ करोड ७३ लाख ५३ हजार ३७८ निक्षेप रहेको संस्थामा २२ करोड २४ लाख ८६ हजार ८४५ वचत रहेको छ ।

पथरी शनिश्चरे ०२ को बुद्ध चोकमा केन्द्रीय कार्यलय रहेको उक्त संस्थाको वडा नम्बर ४ र ९ स्थित किर्तिपुर र पुलचोकमा सेवा केन्द्रहरु स्थापना गरेको छ । संस्थाले वार्षिक रुपमा रक्तदान लगायतको कार्यक्रम गर्नुको साथै जेष्ठ सदस्यहरुलाई भत्ता पनि उपलब्ध गराउँदै आईरहेको छ ।