काठमाडौं— बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा एक पुरुषलाई तीन महिलाले आफ्नो श्रीमान् भएको दाबी गरेपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ।

मलेसियाबाट फर्किएका ती पुरुषलाई स्वागत गर्न विमानस्थल पुगेका तीनै महिलाले आफू नै उनको कानुनी श्रीमती भएको दाबी गरेका थिए।

ती पुरुष विमानस्थलबाट बाहिरिने क्रममा उनलाई कसले आफ्नो घर लैजाने भन्ने विषयमा तीन महिलाबीच विवाद सुरु भएको थियो। एउटै पुरुषमाथि तीन महिलाले श्रीमान् भएको दाबी गरेपछि विमानस्थलमा केही समय तनावपूर्ण अवस्था बनेको थियो।