पथरी,३० असोज । माेरङको पथरीशनिश्चरे १ मा स्थापित श्री पथरी कृषि सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक चुनावी साधारणसभा सम्पन्न भएको छ ।
आज मंगलबार पथरी शनिश्चरे १ को नर्वदेश्वर शिवालय मन्दिरमा सम्पन्न चुनावी साधारणसभाले पुनः हरिराज प्याकुरेललाई संस्थाको संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो।
बन्द सत्रबाट सो संस्थाका अध्यक्ष प्याकुरेल आगामी ४ वर्षको लागि फेरि निर्वाचित हुनुभएको निर्वाचन मण्डलका संयोजक चुडामणि भट्टराइले जानकारी दिए।
१३ सदस्यीय नवनिर्वाचित संचालक समितिकाे उपाध्यक्षमा ओमनाथ नेपाल, सचिवमा सुमित्रा भण्डारी, सह सचिवमा भूपाल खनाल, कोषाध्यक्षमा यामनाथ खतिवडा सर्वसम्मत चयन भएका छन्। यसैगरी, सदस्यहरूमा क्रमशः विमला भण्डारी "क", बिमला भण्डारी " ख", यज्ञनिधि ढुंगाना, भोलानाथ खरेल, पुण्यप्रसाद पौडेल, पुण्यवती भट्टराई, नारायण प्रसाद दहाल र लक्ष्मीप्रसाद श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ।
यसैगरी, संस्थाको लेखापरीक्षण तथा सुपरिवेक्षण समितिको संयोजकमा हिक्मत सापकोटालाई निर्वाचित गरेको छ।
आजै निर्वाचन मण्डलले नवनिर्वाचित संचालक समितिका सबै पदाधिकारीहरुलाई आ आफ्नो पदीय जिम्मेवारीसहित प्रमाण पत्र प्रदान गरेको छ।
उक्त साधारणसभाको प्रमुख अतिथि नगरका प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गरेका थिए।
पुन:निर्वाचित संचालक समितिका अध्यक्ष हरिराज प्याकुरेलको अध्यक्षतामा सम्पन्न भएको सो साधारणसभाका अवसरमा संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कार वितरण पनि गरेको थियो । जेष्ठ नागरिक लेखनाथ भट्टराई, उत्कृष्ट बचतकर्ता पुण्यवती भट्टराई, उत्कृष्ट कृषक सम्मान केशव थापा लगायतलाई प्रमुख अतिथि तुम्वापोले दोसल्ला ओढाएर सम्मान गरेका थिए।




















