पर्सा,५ मंसिर । जसपाका केन्द्रीय सदस्य तथा पूर्व सांसद हरिनारायण प्रसाद रौनियार लगायत सयौं नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्।

त्यस्तै  नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य विना देवीलगायत विभिन्न पार्टीका सयौं नेता-कार्यकर्तालाई पार्टीमा प्रवेश गराउनु आउनुभएको हो।

पर्साको पोखरियामा मंगलबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष ओलीले रौनियार र विभिन्न पार्टीका सयौं नेता-कार्यकर्तालाई स्वागत गर्नुभयो।