काठमाडौं,६ मंसिर  । राष्ट्रिय युवा संघ नेपालले मंगलवार राती युवा संघको नाममा गरिएको अराजक हर्कतप्रति कडा आपत्ति जनाएको छ ।

युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले आज बिज्ञप्ति जारी गरी संगठनलाई बदनाम गर्न संगठनको नाम जोडेर सामाजिक सञ्जालमा भ्रामक र मिथ्या भिडियो फैलाइएको पाइउको भन्दै कडा आपत्ति जनाउनु भएको छ ।

अध्यक्ष थेवेले बिज्ञप्तिमा भन्नुभएको छ, ‘मंसिर ७ गते आयोजना गरिने युवा बिद्यार्थी बिशेया कार्यक्रमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठी समुहले हाम्रो संगठनको नाम बदनाम गराइरहेको आशंका हामीले गरेका छौं, घुसपैठबारे हामीले आन्तरिक रुपमा छाननिव गरिरहेको बेहोरा जानकारी गराउन चाहन्छौं । यस्ता खालका कुनै पनि गतिबिधि गर्ने योजना आयोजकको नरहेको र हाम्रा तर्फबाट यस्ता गतिबिधि नगरिएको जानकारी गराइन्छ । साथै भोलि (मंसिर ७ ) तिनकुनेमा हुने युवा–बिद्यार्थी बिशेष कार्यक्रममा सहभागी हुन आम जनसमुदायलाई हार्दिक निमन्त्रण गर्दछौं ।’