काठमाडौं,७ मंसिर । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । सो अभियाले काठमाडौंका सात स्थानबाट जुलुस निकालेर विरोध प्रदर्शन गर्न लागेको हो ।

परीक्षा नियन्त्रण कार्यालय अगाडिको खुल्ला चौर, गोंगबु चोक, स्वयम्भू, कलङ्की चोक, जावलाखेल, सातदोबाटो, त्रिभुवन विश्वविद्यालय प्रवेश द्वार अगाडि र चाबहिल चोकमा भेला हुने स्थान तय गरिएको अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले जानकारी दिए । त्यहाँबाट जुलुस काठमाडौंको बल्खुमा तोकिएको प्रदर्शन स्थानमा भेला हुनेछ ।

 जुलुसमा धार्मिक झण्डा र राष्ट्रिय झण्डाबाहेकका अन्य झण्डा प्रयोग गर्न निषेध गरिएको माण्डव्यको भनाइ छ ।