काठमाडौं, २१ असार । काठमाडौंको बबरमहलमा ट्याक्सीले स्कूटरलाई ठक्कर दिँदा स्कुटर पछाडि बसेका दीपक थापाको ज्यान गएको छ ।

शनिबार बिहान २ बजेतिर बा २ ज ११८८ नम्बरको ट्याक्सीले बा ८३ प ४०३५ नम्बरको स्कूटरलाई ठक्कर दिंदा स्कुटर पछाडि बसेका ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–८, का दीपक थापाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते भएका स्कुटर चालक काभ्रे पनौती–१०, का २२ वर्षीय रोहितसिंह ठकुरीको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।