काठमाडौं,२३ पुस  ।  सत्ता गठबन्धनमै सामेल डा. सीके राउत नेतृत्वको जनमत पार्टीले पनि राष्ट्रियसभा सदस्यका लागि आफ्नै उम्मेदवार उठाएको छ । ।

जनमतबाट धनुषाका रामशंकर महासेठले अन्य समूहबाट मनोनयन दर्ता गराएका छन् । उनको प्रस्तावकमा शम्भु साह र समर्थक सञ्जय यादव छन् ‌। प्रस्तावक र समर्थक दुवै प्रदेश सांसद हुन् । सत्ता गठबन्धनबाट जसपाकी पूजा चौधरी र कांग्रेसका आनन्द ढुंगानाले मनोनयन दर्ता गराएका छन् ।