कैलाली,२६ पुस । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशन सम्पन्न भएको छ । बुधबारदेखि सुरु भएको प्रदेश अधिवेशनले मनोज राईको नेतृत्वमा ५१ सदस्यीय   नयाँ समिति चयन गरेको छ ।

Untitled-2 15प्रदेश कमिटीको  उपाध्यक्षमा रोहित बोगटी, दिनेश सिंह र इन्द्र बोहरा, सचिवमा कमल रोकाया, उपसचिवमा यशोदा थापा, पुष्कर दौल्याल र नरेन्द्र साउँद तथा कोषाध्यक्षमा जेबी कुँवर निर्वाचित भएका छन्।

अधिवेशनमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यता मा संम्पन्न भएको अधिवेशनमा उपाध्यक्ष गोबिन्द गिरी,महासचिव नरेश रोकाय लगायतका नेताहरुको आतिथ्यता रहेको थियो । 

May be an image of 6 people and beard