काठमाडौं,२७ पुस  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता दिवसको अवसरमा पृथ्वीनारायण शाहप्रति उच्च सम्मान ब्यक्त गर्नुभएको हो ।

३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

‘नेपालको भौगोलिक एकीकरणको नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीका अवसरमा उहाँप्रति उच्च सम्मान र श्रद्धा व्यक्त गर्दछ,’ उहाँले भन्नुभएको छ, ‘पृथ्वी जयन्तीको सबैमा शुभकामना !’