विराटचोक,१४ माघ । नेकपा एमाले निकट प्रोग्रेसिभ इन्जिनियरिङ एसोसियसन नेपाल(पिन)को भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।  शनिवार (पिन)को कोशी प्रदेश कमिटीले मोरङको बेलाबरी स्थित बेतना सिमसारमा बनभोज सहित भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले  शुखी नेपाली र सम्बृद्द नेपाल निर्माण अभियानमा लागेको एमालेलाई सहयोग गर्न बौदिक जमात इन्जिनियरहरुको महत्वपूर्ण भूमिका रहनु पर्ने बताउनुभएको छ । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका नेता खतिवडाले इन्जिनियरहरुका हक र हितकालागि काम गर्न एमाले लागिपर्ने बताउनु भयो । 

f6d8d7fb-9acd-4364-b3e1-f6ad33dcb740त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि पार्टी प्रदेश कमिटी सचिव राजकुमार भण्डारीले राष्ट्रिय राजनीतिको विषम परिस्थितिमा इन्जिनियरहरु एक ढिक्का भएर लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा (पिन)का केन्द्रीय सदस्यहरु संदिप दाहाल र डेगराज पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । 

विभिन्न रमाइलो खेलहरु सहित भएको उक्त कार्यक्रममा (पिन)मोरङका अध्यक्ष रमेश थापाको उत्कृष्ट प्रस्तुती रहेको थियो । खेलहरुमा उत्कृष्ट भएका इन्जिनियरहरुलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा (पिन) कोशी प्रदेश कमिटीका अध्यक्ष प्रदिप नेपालले इन्जिनियरहरुको पक्षमा काम गर्न सधै लागि पर्ने र संगठनलाई मजवुत बनाउन सबैजना  इन्जिनियरहरु एकजुट भएर लाग्नु पर्ने कुरामा जोडदिनु भयो । सय भन्दा बढी इन्जिनियरहरुको सहभागिता रहेको कार्यक्रममा अध्यक्ष नेपालले इन्जिनियरहरुलाई  (पिन)को सदस्यता नवीकरण गर्नपनि अनुरोध गर्नुभयो । 

कार्यक्रममा नेकपा एमाले केन्द्रीय विभाग सदस्य बद्री अर्याल,प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य विनोद ढकाल,प्राविधिक कार्यालयका प्रमुखहरु  लागायतको पनि आतिथ्यता रहेको थियो ।  

 (पिन) कोशी प्रदेश कमिटीका अध्यक्ष प्रदिप नेपालको अध्यक्षतामा भएको कार्यक्रममा (पिन) कोशी प्रदेश कमिटीका सदस्य सुमन दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रदेश कमिटीका सचिव देवेन्द्र अधिकारीले कार्यक्रम संचालन गर्नु भएको थियो ।