सातदिने वेटरको भिसामा मलेसिया पुगेका सुनसरी ब्रराह नगरपालिका १ प्रकासपुरका श्याम कार्की (साम क्षेत्री) अन्तर्राष्ट्रिय स्तरका २२ वटा होटलका ग्रुप म्यानेजर बनेका छ्न। होटल सम्बन्धि सामन्य तालीम लिएर मलेसिया पुगेका क्षेत्रीले छोटो अवधिमै यस्तो सफलता पाएका हुन ।

क्षेत्रीले पाए २२ वटा चेन होटलको म्यानेजरको जिम्मा ।
साढे दुई बर्षे अवधिमा वेटरबाट काम सुरु गरि सुपरभाइजर,फ्रन्टअफिसर हुँदै क्षेत्री म्यानेजर सम्मको उच्च पदमा पुगेका हुन । उनले चीन मलेसिया सिंगापुरलगायत देशका २२ वटा होटलहरुमा ग्रुप म्यानेजर भएर काम गरिरहेका छ्न ।बिस्वस्तरिय होटलको ग्रुप म्यानेजर भएर काम गर्ने उनले कल्पना समेत गरेका थिएनन । ५ देशमा ६२ वटा साखा भएको ग्राण्ड इन्टरनेसनल होटलका उनी ग्रुप म्यानेजर हुन ।

22-23-24-1000px-1-560x400 1

पार्टटाइमका रुपमा वेटर 
०६९ अन्तिममा उनले चीनिया दाजुभाइले खोलेको ग्राण्ड इन्टरनेसनल होटलमा पार्टटाइम वेटरको काम पाए नम्रस्वभाब ,चातुर्यबोली र ग्राहकलाई रिझाउन सक्ने खुवीका क्षेत्री पार्टटाइम वेटरका रुपमा ग्राण्ड होटेलमा छिरेपछि सवैको मन जितेर भाग्य चम्काउन सफल भए । उनिकाम गरिरहेको होटेलमा मालिक ग्राहकको रुपमा आएका थिए । उनले मालिकलाई सेवा गर्ने मौका पाए।मैले होटल मालिकका लागि सेवा दिए । टिप्स पाउने आशामा कुरा गरे पनि पाइन । पछि बुझ्दा होटल मालिकनै रहेछ्न,"उनले भने ।
ग्राहक संग डिल गर्ने शैली र कामप्रतिको लगाब देखेर उनलाई कार्यलयमा बोलाइयो ।त्यसपछि सुपरभाइजरको नियुक्तिपत्र पाएको उनी स्मरण गर्छ्न । सुपर भाइजरमा ४ महिना सेवा गरिसकेपछि सवै बिभाग हेर्न 'नो अब्जेक्सन लेटर' पाएको उनले बताए । त्यसबेला उनले फ्रन्ट अफिस , किचेन लगायत सवै ठाउको अध्यन गर्ने मौकापाए ।एक बर्ष पछि उनले होटेलको म्यानेजरमा नियुक्ति पाए । त्याहा बाट होटेलको हेडक्वार्टरमा काम दिइयो । त्यसपछि उनी मलेसिया र सिंगापुर लगायत पुर्बी एसियाका २२ वटा होटेलको ब्यावस्थापन हेर्ने ग्रुप म्यानेजर बने ।

नेपालमा जागीर नपाएपछि बिदेश 
 स्थानीय प्रकाशपुर माबी बाट एसएलसी पासगरेपछी धरानको सुनसरी टेक्निकलमा सिभिल इन्जिनियरिङ अध्यन सकाएर जागीर खानकै लागि उनी काठमाडौ गएका थिए ।भनेजस्तो जागीर न पाएपछि सिंगापुरको सपना देखेर काठमाडौको एउटा ईन्स्टिच्युटबाट २०५७ मा होटल म्यानेजमेन्ट डिप्लोमा गरेका थिए बिदेशमा होटलको रोजगार बाट राम्रो कमाइ हुने सुनेका क्षेत्री ०६९ मा ७ दिनको भिसा लगाएर सिंगापुर हानिएका थिए। तर उनले काम पाएनन काम नपाए पछि त्यही बाट उनी मलेसिया छिरे ।त्यसपछि एक बर्ष सम्म त्याहाको होटल तनबे पुजा र सेराटन होटलमा वेटरका काम गरेका थिए ।

img-20190708-221441-560x400 1

काम प्रतिको लगाबले सफलता 
साढे दुई बर्षको अन्तरालमा दुइ देसको होटलको ग्रुप म्यानेजर बन्न सक्नुमा काम प्रतिको लगाब र इमान्दारि नै प्रमुख रहेको उनको दाबी छ ।क्षेत्रीले भने ,काम प्रतिको लगाब र होटल मालिकको विश्वासका कारण सफलता पाएको हु ।छुट्टीमा घर आएका क्षेत्रीले भने ईमानदार रुपमा काम गर्ने हो भने सफलता टाढा हुदैन ।

लुम्बिनी र भुटानमा होटेल खोल्ने तयारी 
 नेपालको लुम्बिनी र भुटानमा पनि होटेल खोल्ने तयारी भै रहेको उनले जानकारी दिए । ५ वटा मुलुकको कम्पनिले ६२ वटा होटेल संञ्चालन गरिरहेको छ। उनका अनुसार होटेलको पहिलो पुस्ताका मालिक पनि सामान्य परिवारका थिए । चिनमा रिक्सातानेर केही पैसा जम्मा गरि उनिहरु काम गर्न मलेसिया छिरेका थिए  अहिले उनिहरुका छोराले कम्पनी संचालन गरिरहेका छ्न । रोबर्ट ,इटि र इएस तान्ते होटेल स्थापना गरेका हुन ।

होटेल मालिकलाई परामर्श 
तान परिवारको मलेसियामा राम्रो ब्यावसाय जमेको उनी बताउछन।प्रत्येक होटलमा भएका म्यानेजरले बनाएको रिपोर्ट जाछ गर्ने र होटेललाइ कसरी गुणस्तरीय बनाउने भन्ने बिसयमा उनले परामर्श दिन्छ्न । क्षेत्रीले आफुले लगानीमा मलेसिया र सिंगापुरमा ट्राभल एण्ड टुर पनि खोलेका छ्न ।
नेपाल बाट जाने पर्यटकलाई मलेसिया र सिंगापुर घुमाउने काम गर्दछ्न उनी । द अराइज ट्राभल मार्फत नेपालमा पनि पर्यटक पठाउदै आएको उनले बताए । 

IMG_20190708_221419

नेपालमै अन्तर्राष्ट्रिय स्तरको होटल खोल्ने इच्छा 
नेपालमा घुम्ने स्थान धेरै भएपनि त्यसका लागी पर्यटनका प्याकेज प्रबर्द्धनमा सवै पक्षको चासो हुनु पर्नेमा उनको जोड छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरका होटेल थोरै संख्यामा रहेकाले केहि बर्ष पछि नेपालमै अन्तर्राष्ट्रिय मापदण्डको होटेल खोल्ने योजना उनले सुनाए क्षेत्रीले भने सिंगापुर र मलेसियामा भएको आफ्नो ट्राभल्स मार्फत नेपालको पुर्बी क्षेत्रमा पर्यटक पुर्याउन पहल गर्ने छु ।

इटहरीमा होटल म्यानेजमेन्ट कलेज संचालन गर्दै 
अन्तर्राष्ट्रिय चेन  होटलहरुमा रोजगार को लागि दक्ष जनसक्ती  उत्पादन गर्ने उदेश्यले इटहरीमा होटल म्यानेजमेन्ट कलेज संचालनमा सहकार्य गर्दै आएको छन । ६ महिना को डिप्लोमा कोर्ष गर्दै आएको  इम्पेरियल  ईन्स्टिच्युट एण्ड एजुकेसन सर्भिस नामको संस्थाले यसै शैक्षिक सत्रदेखि +२ होटल म्यानेजमेन्ट कम्बो कलास चलाउदै छ्। भर्ना पनि सुरुभएको छ । उनले कलेजबाट  अन्तर्राष्ट्रिय स्तरका होटलमा रोजगारी पाउन सक्ने गरिको दक्ष जनशक्ति उत्पादन गर्न टेक्निकल सपोर्ट र निर्देशन गर्छ्न । आफुले जागीर खादै गरेको  विभिन्न देशका चेन होटलहरुमा रोजगारको ब्यावस्था गर्ने भएका छ्न ।

img-20190708-222535-560x400 1

इटहरीमा यसै बर्ष देखि शैक्षिक परामर्श सेवा गर्दै 
बिदेशका शैक्षिक संस्थाहरुमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीहरुलाइ इटहरीको आइतबारेमा अराइज संस्था संचालनमा ल्याएका छन । खासगरी अस्ट्रेलिया अध्यन गर्न जाने बिद्यार्थीहरुलाइ पार्टटाइम रोजगारको ब्यावस्था गर्न आफुले काम गरेको होटल मा मिलाउन सहज रहेको बताए । सो संस्थाले क्यानडामा अध्यन गर्न जाने विद्यार्थीहरुका लागि राम्रो अवस्वर ल्याएको बताए । मलेसिया ,सिंगापुर , थाइल्यान्ड घुम्न जाने नेपालीहरुका सहजता का लागी इटहरीमा ट्राभल्स टुर ब्यवस्था गरेका छ्न । उनको सिंगापुर र मलेसियामा आफ्नै अराइज ट्राभल एण्ड टुर्स संचालनमा छ ।

img-20190708-221345-560x400 1