काठमाडाैं,२८ माघ  । नेकपा एमाले जिल्ला कमिटी बाजुराको अध्यक्षमा भरत बहादुर थापा चयन हुनुभएकाे छ ।

थापा अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनुभएकाे हाे । जिल्ला कमिटी अध्यक्ष काली बहादुर शाही र उपाध्यक्ष भरत बुढा प्रदेशमा निर्वाचित भएपछि जिल्ला कमिटी बैठकले थापालाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

कमिटीकाे उपाध्यक्षमा उपसचिव जनक कुमार बोहरा, सचिवमा काशी बहादुर विक चयन हुनुभएकाे छ ।