विराटनगर - मोरङको सुनवर्षीमा नेकपा (एमाले)को नगर आयोजक कमिटी गठन भएको छ । कमिटीको संयोजकमा युवा नेता विष्णु प्रसाद  कँडेल चयन भएका छन् । यसअघि कँडेल नगर कमिटी सचिव थिए ।

कमिटीको उपाध्यक्षमा रुपेश साह,सचिवमा होम चौहान, सह–सचिवमा मनिष राई र भूमिका दुलाल चयन भएका छन् ।

तत्कालिन नगर कमिटी अध्यक्ष श्याम प्रसाद राजवंशी सुनवर्षी नगरपालिकाको मेयरमा निर्वाचित भएपछि एमाले मोरङले कार्य सम्पादन गर्न जिल्ला कमिटी सदस्य राधेश्याम राजवंशीलाई संयोजकको जिम्मेवारी दिइएको थियो । 

आइतबार राजवंशी कै अध्यक्षतामा बसेको नगर कमिटिको सचिवालय बैठकले पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गर्दै ७५ सदस्यीय आयोजक कमिटी गठन गरिएको एमालेका युवा नेता लक्ष्मण बुढाथोकीले जानकारी दिए । 

बैठकमा सार्बजनिक लेखा समितिका सभापति एवम् नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेल को प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी मोरङका उपाध्यक्ष बाबुराम कार्की, सुनवर्षीे नगर कमिटी पूर्व इन्चार्ज गोपाल थापा, जिल्ला कमिटी सदस्य तथा सुनवर्षी नगरपालिकका मेयर श्याम प्रसाद राजवंशी, जिल्ला कमिटी सदस्य टेक बहादुर भट्टराई, भक्त तामाङ र लक्ष्मण बुढाथोकीलगायतको उपस्थिती रहेको थियो ।