काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को यो कार्यकालभरि नै यही सत्ता गठबन्धन कायम रहने दाबी गरेका छन् । पछिल्लो समय माओवादीले कांग्रेससँगको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउने हल्ला चलेको बेलामा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले अहिलेको सत्ता गठबन्धनले नै देशलाई निकास र विकास दुवै दिने दाबी गरे । उनले भने,‘अहिलेको गठबन्धन दायाँबायाँ हुँदैन् । यही गठबन्धन कायम रहन्छ । यसले संसद्को पूरा अवधि लिन्छ । देशलाई निकसा र विकास पनि यही गठबन्धनले दिन्छ ।’
तर, गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका महामन्त्ती गगनकुमार थापाले आगामी निर्वाचनमा कुनैपनि दलसँग गठबन्धन नगर्ने कुरा गरेका छन् । आजबाट ललितपुरको गोदावरीमा आजबाट सुरु भएको कांग्रेसको महासमिति बैठकमा प्रस्ताव राखेका छन् । सभापति शेरबहादुर देउवाले अस्वीकार गरेपछि महामन्त्ती थापाको सभापति शेरबहादुर देउवाले अस्वीकार गरेपछि मिलनबिन्दू खोज्न दुई नेताबीच छलफल जारी छ ।
महामन्त्री थापाले तयार पारेको सांगठनिक प्रतिवेदनमा समेटिएका कतिपय विषयवस्तुमा सभापति देउवा असन्तुष्ट छन्। मुख्यगरी गठबन्धन, विधान लगायतका विषय प्रतिवेदनमा राखिएको भन्दै त्यसलाई हटाउन सभापति देउवाले निर्देशन दिएका छन्। तर, महामन्त्री थापा तयार नभएपछि सोमबार बिहानैदेखि छलफल भइरहेको हो ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्तावमा पनि देउवाको असन्तुष्टि छ। उनले शर्माले प्रस्तावमा उल्लेख गरेको कोशी प्रकरणको प्रसंग हटाउनुपर्ने बताएका छन्। यद्यपि आजको छलफलमा महामन्त्री शर्मा भने सहभागी छैनन्।
आइतबार साँझ नै प्रतिवेदन संशोधनसहित प्रेसमा पठाउने तयारी भएपनि महामन्त्री थापा तयार भएनन्।
यस्तै, प्रधानमन्त्री दाहालले कांग्रेसको महासमिति बैठकलगत्तै मन्त्रिपरिषद् पूनर्गठन गर्ने सुनाए । कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल र सहमतिअनुसार कांग्रेसको महासमिति बैठकलगत्तै मन्त्रिपरिषद् पूनर्गठन गर्ने दाहालको भनाई छ । सरकारको नेतृत्व गरेको एक वर्ष पूरा भएको अवसरमा जनताको नाममा सम्बोधन गर्ने क्रममा नै उनले मन्त्रिपरिषद् पूनर्गठन गर्ने घोषणा गरेका थिए ।




















