काठमाडौं -   मकवानपुरकी एक बालिका बलात्कारको अभियोगमा सिन्धुलीका पूर्वमाओवादी लडाकु कमाण्डर पक्राउ परेका छन् ।

फागुन ४ गते १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा सिन्धुली मरिन गाउँपालिका ७ का हरि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई पहिलोपटक म्याद थप गरेर अनुसन्धान भइरहेको छ । जनयुद्धकालमा प्रमोद नामले चिनिने श्रेष्ठ माओवादी जनमुक्ति सेनाको दोस्रो डिभिजन कमाण्डर थिए ।

 लडाकुलाई शिविरमा राखिएका बेला उनी दुधौलीमा थिए ।

ताजा समाचारहरु हेर्न हाम्रो फेसबुक पेज लाइक गर्नुहोस !! कृपया यहाँ क्लिक गर्नुहोला