काठमाडौँ - राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई पुत्र लाभ भएको छ । उनकी पत्नी कन्चन निरौलाले शुक्रवार दिउँसो करिब १२ बजे मेडिसिटी अस्पतालमा छोरालाई जन्म दिएकी हुन् ।
कप्तान किरणको प्रेम विवाह भएको थियो । यो उनीहरूको पहिलो सन्तान हो ।
किरण राउन्ड ग्लास पन्जाब एफसीबाट इन्डियन सुपर लिग (आइएसएल) टोलीबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् ।


