काठमाडौं - नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले नयाँ गठबन्धनको सरकारको आयु एक महिना पनि नरहेको दाबी गरेका छन्। 

चौधरीले शनिबार रिपोर्टर्स क्लब नेपालले विकसित राजनीतिक घटनाक्रमबारे दलको धारणा राख्दै उनले एमाले–माओवादी नेतृत्वको सरकार र बेठीक नियतका साथ बनेकाले यसको आयु लामो नरहेको दाबी गरेका हुन्।

नेता चौधरीले सरकार निरन्तर रूपमा अगाडि बढिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनलाई घात गरेको आरोप लगाए। प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिका कारण देशमा अस्थिरता मच्चिएको पनि उनको दाबी छ।

‘यो सरकार बेठीक नियतको साथ बनेको छ। यद्यपि मेरो पार्टी पनि सरकारमा सहभागी छ। बेठीक नियतको साथ बनेको कारणले यो सरकारसँग अपार चुनौती छ। निकै सानो अवसर छ। यो कुरा म विश्वासका साथ भन्छ, यो सरकार मुस्किलले बढीमा एक महिनाभन्दा यसको आयु छैन,’ उनले भने।

नेता चौधरीले प्रधानमन्त्री प्रचण्डको कदम गलत रहेको जिकिर गरे। प्रचण्ड केपी ओलीभन्दा पनि गलत र अस्थिर सिद्ध भएको उनको भनाइ छ। प्रचण्डको नियतमा नै खोट रहेको र यस्तो मनोविज्ञानले बनेको सरकार भत्काउन सक्नुपर्ने उनले बताए। नेता चौधरीले प्रचण्डको जस्तो चिन्तन भएका मानिसहरूलाई मुलुकको राजनीतिको मूलधारबाट सीमान्तकृत गर्नुपर्ने उनको भनाइ छ।

नेता चौधरीले सरकार निरन्तर रूपमा अगाडि बढिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनलाई घात गरेको आरोप लगाए। प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिका कारण देशमा अस्थिरता मच्चिएको पनि उनको दाबी छ।

नेता चौधरीले प्रधानमन्त्री प्रचण्डको कदम गलत रहेको जिकिर गरे। प्रचण्ड केपी ओलीभन्दा पनि गलत र अस्थिर सिद्ध भएको उनको भनाइ छ। प्रचण्डको नियतमा नै खोट रहेको र यस्तो मनोविज्ञानले बनेको सरकार भत्काउन सक्नुपर्ने उनले बताए। नेता चौधरीले प्रचण्डको जस्तो चिन्तन भएका मानिसहरूलाई मुलुकको राजनीतिको मूलधारबाट सीमान्तकृत गर्नुपर्ने उनको भनाइ छ।

‘अहिले उहाँको कारणले मुलुकमा अस्थिरता मच्चिने काम भइरहेको छ। उहाँकै कारणले, उहाँबाहेक अरू कोही होइन। म हिजोका दिनमा केपी कमरेडप्रति एकखाल्को आलोचन गर्थेँ तर केपी ओलीभन्दा पनि धेरै अस्थिर, गलत मान्छे। आफ्नो कुर्सी फेरिराख्छन्, सत्ता सहकर्मीहरूलाई फेरिराख्छन्, तर आफ्नो कुर्सी जोगाइराख्ने उहाँको प्रवृत्ति छ। उहाँले नेतृत्व गरेको समीकरण अब कुनै हालतमा टिक्दैन। उहाँको नियतमै खोट छ। यो मनोविज्ञानले निर्माण भएको समीकरण भत्काउनै पर्छ,’ नेता चौधरीले भने।

अबको सात दिनभित्र मुलुकको राजनीतिक कोर्स नयाँ ढङ्गले अगाडि बढ्ने उनको दाबी छ। प्रधानमन्त्री प्रचण्डले दुई जना काण्डवाला मानिसहरूलाई लिएर अहिलेको सरकार बनाएको उनको टिप्पणी छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले गृहमन्त्री भएर आफूमाथि आइलागेको मुद्दाहरू राफसाफ गर्ने मनसाय राखेको उनको दाबी छ। नेता चौधरीले गृहमन्त्री लामिछानेको उक्त चाहना पूरा हुन नदिने बताए।

‘उहाँको आफ्नो मनसाय छ–गृहमन्त्री भएर आफूमाथि आइपरेका मुद्दाहरू राफसाफ गर्ने चाहना छ। तर, त्यो राफसाफ गर्ने चाहना पुरा हुनेवाला छैन। प्रचण्डभन्दा पनि अस्थिर मान्छे घण्टी पार्टी, रवि लामिछाने,’ उनले भने।