काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ (समाजवादी) ले विराटनगर महानगर कमिटी गठन गरेको छ। 

शनिबार आयोजित महिला नेताहरूको भेलाले बिमला तिम्सिनाको अध्यक्षता २५ सदस्यीय कमिटी गठन गरेको हो ।

उक्त कमिटीको उपाध्यक्षमा राधिका नेपाल र  मंजु पौडेल (लक्ष्मी), सचिवमा कमला भट्टराई, उपसचिवमा गंगा पोखरेल र निर्मला राम, कोषाध्यक्षमा टीका सिवाकोटी रहेका  छन ।  

नवनिर्वाचित कमिटीलाई नेकपा (एकीकृत समाजवादी) का पोलिट व्युरो सदस्य महेश रेग्मी, अनेमसंघ (समाजवादी) का केन्द्रीय सदस्य मिरा दाहाल (हिरा), नेकपा (एस) महानगर अध्यक्ष वीरेन्द्र यादवलगायतले बधाई तथा शुभकामना दिएका थिए ।