• तुलसीप्रसाद कोइराला

उदयपुर- नेकपा एमालेको केन्द्रीय सदस्य तथा लोकतान्त्रिक आदिबासी जनजाती महासंघका अध्यक्ष पासाङ शेर्पाले आदिबासी जनजातीहरुको पहिचान नेकपा दिलाएको प्रष्ट पारेका छन  ।

उदयपुरको गाईघाट शनिवार आयोजित लोकतान्त्रिक आदिबासी जनजाती महासंघ उदयपुर जिल्ला समितिको दोश्रो जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा  शेर्पाले यस्तो बताएका हुन्  । कार्यक्रममा प्रमुख अतिथि समेत उनले अहिले पहिचानवादीहरले गरेको आन्दोलन मिथ्याको आन्दोलन भएको ठोकुवा पनि गरे ।

नेकपा एमालेका नेता अमृतकुमार बोहरा स्थानीय विकास मन्त्री भएको समयमा आदिवासी जनजातीको पहिचान दिलाउनका लागि आयोग गठन गरेर आदिबासी जनजातीहरुको सुचिकरण गरेको तर अहिले आएर अनेक प्रकारका आरोप एमालेमाथि नै थोपरेर पहिचान विरोधीको आक्षेप लगाउन काम भएको बताए  ।

May be an image of one or more people, people smiling, people studying and crowdपहिचानवादीहरुले लगाएको आरोपमा सत्यता नभएको र नेपाली कांग्रेस, माओवादी लगायतका दलहरुले सो कुरा विर्सेर एमाले उपर दोषारोपण गरेर इतिहास र एमालेले गरेको कामलाई छायाँमा पार्ज खोजेको बताए ।

कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य तथा उदयपुर इन्चार्ज पर्शुराम मेघी गुरुङले नेकपा एमालेले आदिबासी जनजातीका पक्षमा धेरै राम्रा काम गरेको र देशका आदिबासी जनजातीहरको उत्थानका लागि निरन्तर लागि रहेकोले पहिचानबादीहरुले गलत प्रचार प्रसार गरेर नेकपा एमालेलाई बदनाम गराउन खोजेको बताए  ।

May be an image of 8 people, people smiling, temple and textअधिवेशन उद्घाटन समारोहमा एमाले केन्द्रीय सदस्य अम्बिका थापा, कोशी प्रदेश सदस्य इश्वरमणी राउत, प्रकाश बस्नेत, देवराज राई, एमाले जिल्ला अध्यक्ष प्रमेश्वर घिमिरे लगायतले आफ्नो धारणा राखेका थिए  । आदिबासी जनजाती महासंघ उदयपुरका अध्यक्ष धर्मबहादुर तामाङको अध्यक्षतामा भएको सो कार्यक्रममा उदयपुर जिल्लाका ८ वटै पालिकाका करीब ५ सय प्रतिनिधि सहभागिता रहेको थियो  ।

May be an image of 2 peopleMay be an image of 7 people, dais and text