विराटनगर - नेकपा एमालेको भ्रातृ संगठन  अखिल नेपाल महिला संघ (अनेमसंघ) ले युवा महिला कमिटी गठन अभियान सुरु गरेको छ । 

सो क्रममा आइतबार विराटनगर कोशी प्रदेश युवा महिला कमिटी गठन भएको छ । वर्तमानलाई मात्र होइन भविष्यको लागि पनि संगठन निर्माण अभियानमा लाग्नुपर्छ भन्ने मान्यताका युवा महिला कमिटी गठन अभियान सुरु गरिएको संगठनकी ले जनाएको छ । 

अनेमसंघले  युवा महिला कमिटीमा एलिजा सिटौलाको अध्यक्षमा २५ सदस्सीय  नयाँ कमिटी चयन गरेको छ । त्यस्तै उपाध्यक्ष र सचिवमा क्रमशः विनीता कार्की र पूजा रेग्मी छानिएकी छन् । सहसचिवको जिम्मा रोजिना नेपालीले पाउँदा कोषाध्यक्षको जिम्मेवारी नमुना राईलाई दिएको छ । 

शुभेच्छा अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अखिल नेपाल महिला संघका केन्द्रीय अध्यक्ष टुका हमाल, पार्टी स्थायी कमिटी सदस्य  एवं अनेमसंघ इन्चार्ज सिता पौडेल, उपाध्यक्ष शर्मिला कार्की, कोषाध्यक्ष इन्दिरा फुयाँल लगायतका को उपस्थितिमा कार्यक्रम भएको थियो ।